गोरखा अस्पताल : पूर्वाग्रह भएको भन्दै डाक्टरले दिए राजीनामा

गोरखा : पूर्वाग्रहपूर्ण नेतृत्वको मातहत रहेर काम गर्न नसक्ने भन्दै गोरखा अस्पतालका डाक्टरले राजीनामा दिएका छन्। अस्पताल प्रमुखले जिम्मेवारी पूर्ण रुपमा पालना नगरेको भन्दै अस्पतालका कन्सल्टेन्ट अर्थोपेडिक सर्जन हेमन्त दुजानाले राजीनामा दिएका हुन्।दुजानाले आज सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशलाई आफ्नो राजीनामा बुझाएका हुन्। दुजानाले बुझाएको राजीनामा पत्रमा लेखिएको छ- ‘कोरोना महामारीको अहिलेको अवस्थामा सामूहिक रुपमा तनावमुक्त तथा मैत्रीपूर्ण वातावरणमा सेवा दिन सक्नुपर्ने अस्पता