सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेको छ। प्रतिनिधि सभाका १४६ सदस्यहरुले दायर गरेको रिटमाथि फैसला सुनाउँदै सर्वोच्चले सोमबार प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेको हो। अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न र प्रतिनिधिसभाको बैठक ७ दिनभित्र बोलाउन पनि परमादेश गरेको छ। चोलेन्द्रशमसेर राणा नेतृत्वको संवैधानिक इजलासले यस्तो आदेश गरेको हो। इजलासले […]