सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना नगरे संसद बैठक बोलाएर ओलीलाई हटाउने ताकत छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना नगरेमा संसदको बैठक बोलाएर केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने तागत आफूहरुसँग भएको दावी गरेका छन् ।  प्रचण्ड नेपाल समूहले शनिवार कैलालीको धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरिदिने विश्वास व्यक्त गर्दै नभए सभामुख मार्फत प्रतिनिधिसभाको बैठक बोलाउने चेतावनी दिएका हुन् । प्रचण्डले यसअघि पनि अदालतको विषयमा टिप्पणी गर्दै आइरहे...

सम्बन्धित सामग्री

एमालेको अवरोधका कारण स्थगित संसद बैठक पुन:सुरु

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण स्थगित भएको संसद बैठक पुन:सुरु भएको छ। विवाददित मन्त्रीहरूले राजीनामा दिनुपर्ने नभए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्खास्त् गर्नुपर्ने माग राख्दै एमालेले अवरोध गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको थियो। उक्त बैठक करिब १५ मिनेटपछि पुन:सुरु भएको छ। प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुले उठाएका विषयहरुमा […]

संसद बैठक जस्तो देखियो, त्यस्तै लेखियो

सांसदको काम, उसको आचरण, व्यवहार र उसले प्राप्त गरेको तलब भत्ताको समेत लेखा परीक्षण हुन्छ भन्ने कुरा हेक्का राखेर राज्यको लगानी बमोजिमको प्रतिफल दिन संसद र सांसदले प्रयत्न गर्न जरूरी छ ।

देउवाको आग्रहमा यसरी भयो आजको संसद बैठक स्थगित

प्रधानमन्त्री शेरबहादुर देउवा आजको संसद बैठक स्थगित गराएर ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) बारे दलहरुबीच सहमतिको खोजीमा जुटेका छन् । संसदको गतिरोध अन्त्य गरेर एमसीसीमाथि छलफल अगाडि बढाउन देउवाले अन्तिम प्रयास गरेका हुन् ।बिहीबार बिहान प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो । सत्ता गठबन्धनकै विरोधका बीच आइतबार संसदमा टेबल भएको एमसीसीका सम्बन्धमा ४ दिनसम्म सहमति नजुटेपछि आजको प्रतिनिधिसभा बैठक अन्तिम समयमा स्थ

संसद बैठक अघि देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

संसद बैठक बस्नु अघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् ।

फागुन २ गतेको संसद बैठक सार्न देउवालाई प्रचण्ड र माधवको आग्रह

समसामयिक राजनीतिक विषयमा परामर्श गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालको दिगो विकास गरिबी निवारणका लागि अमेरिकी अनुदान रु ५५ अर्ब सहायतालाई संसदबाट अनुमोदन गर्ने, घोषित स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेलगायत विषयमा उनीहरूबीच परामर्श भएको थियो ।प्रमुख विपक्ष नेकपा(एमाले)का कारण प्रतिनिधिसभाको अवरोध हटाउन एकताबद्ध भएर अगाडि बढ्ने विषयमा समेत विचारविमर्श भएको थियो । छलफलका क्रममा माओवादी अध्यक्ष प्रचण्डले विपक्षी दलको मागलाई समेत दृष्टिगत गरी यही फागुन २ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा बैठक फागुन ४ का निम्ति प्रस्ताव गरेको उनका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दीईन् ।

प्रचण्ड-माधव समूहद्वारा संसद बैठक बहिस्कार

२३ फागुन, काठमाडौं । नेकपा प्रचण्ड माधव समूहले आइतबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा सरकारले संसद नभएका बेला ल्याएका अध्यादेशहरु पेश गर्ने कार्यसूची राखेको विरोधमा उनीहरुले संसद बैठक बहिस्कार गरेका हुन् …

संसद बैठक आज बस्दै, प्रधानमन्त्रीविरुद्ध अविस्वासको प्रस्ताव आउने सम्भावना

काठमाडौं । पुर्स्थापित प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दै छ । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने निर्णय गरेपछि संसद बैठक आज अपरान्ह ४ बजे पहिलोपटक बस्न लागेको हो । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गरिएको प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले फागुन ११ गते बदर गरिदिएको थियो । सरकारको निर्णय बदर भएपछि प्रधानमन्त्री केपी ओलीले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने माग नेकपाकै प्रचण्ड–नेपाल पक्षले गरिरहेका छन् । अन्यथा अविश्वास प्रस्ताव दर्ता गर्ने उनीहरुको चेतावनी छ। तर, प्रधानमन्त्री ओली राजीनामा नदिने बरु अविस्वासको प्रस्ताव आए ‘फेस’ गर्ने तयारीमा देखिनुभएको छ । अविश्वास प्रस्ताव आउन सक्ने सम्भावना औंल्याउँदै त्यसलाई असफल पार्ने रणनीति ओली पक्षले बनाएको छ। आफूलाई प्रचण्ड–नेपाल पक्षले दलको नेताबाट हटाएको निर्णय गरेको भोलिपल्ट शनिबार बालुवाटारमा ओली समूहले राखेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले अविश्वास प्रस्ताव आए डटेर सामना गर्ने बताइसक्नुभएको छ । ओली समूहको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीले राजीनामा नदिने, विश्वासको मत पनि नलिने, अविश्वासको प्रस्ताव नै ‘फेस’ गरेर जाने निर्णय गरेको छ । शनिबार संसदीय दलको बैठकमा १ सय १५ सांसद उपस्थित भएको दाबी ओली समूहले गरेको छ। उता प्रचण्ड–नेपाल पक्षले पनि यसअघि शुक्रबार आफूले राखेको संसदीय दलको बैठकमा बहुमत सदस्य सहभागी भएको दाबी गरिरहेको छ। प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न नयाँ प्रधानमन्त्रीको उम्मेदवार पनि खडा गर्नुपर्छ । तर त्यो प्रस्ताव संसदमा पेस गर्दा बहुमत पुगेन र फेल भयो भने एक वर्षसम्म त्यस्तो प्रस्ताव हाल्न नपाइने संवैधानिक व्यवस्था छ। यसकारण प्रचण्ड–नेपाल पक्षले मात्रै अविश्वास प्रस्ताव दर्ता गर्ने आँट गर्दा पास नहुने जोखिम छ। किनकि ओली समूहले पनि आफ्नै पक्षमा बहुमत सांसद आउने दाबी गरिरहेको छ। जसले गर्दा यतिबेला निर्णायक भूमिकामा नेपाली कांग्रेस देखिएको छ। तर उसले यस विषयमा अहिलेसम्म खुलस्त भनिसकेको छैन। दुवै समूहका गरी नेकपाका अहिले प्रतिनिधि सभामा १७३ र राष्ट्रिय सभामा ५० सांसद छन्। प्रतिनिधि सभा सदस्य सानु शिवाको निधन भएकाले एउटा स्थान रिक्त छ। नेकपाको कूल २ ...