सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गर्छ, देउवा प्रधानमन्त्री हुनुहुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने र केही दिनपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । प्रचण्डले संविधानको धारा ७६(५) अनुसारको प्रधानमन्त्री बनाउन सांसदहरू स्वतन्त्र रहेको दाबी गरे ।  ५ दलीय विपक्षी गठबन्धनले शनिवार काठमाडौंमा आयोजना गरेको पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा प्रचण्डले लोकतान्त्रिक व्यवस्थामा यति भन्ने छुट रहेको बताए । ‘सर्वोच्चले संविधान, ऐन–कानून, लोकतन्त्रको मूल्य मान्यता अनुसार प्रतिनिधिसभा पुन...

सम्बन्धित सामग्री

प्रतिनिधिसभा पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री बनाउन माग

विकास भट्टराई, काठमाडौं प्रतिनिधिसभा पुनःस्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्नका लागि आदेश दिन मागसहित १ सय ४६ जना सांसदले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।रिट निवेदन दायर गर्न सभापति देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता माधवकुमार नेपालसहित १ सय ४६ जना नै सर्वोच्च अदालत गएका […]

पदीय पजनी र चुनावी फोबिया

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल तथा काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सम्बन्धित दुईवटा निकै रमाइला समाचार आए एक÷डेढ हप्ताको अन्तराल पारेर । पहिलो समाचार थियो– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने प्रस्ताव गर्नुभयो । यदि काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाका प्रचण्ड–नेपाल समूहसँग संयुक्त आन्दोलन गरेर प्रतिनिधिसभा पुनःस्थापना गराउन सहयोग गरेको खण्डमा । त्यो समाचारको खण्डन सम्बद्ध कुनै पक्षबाट भएन बरु काँग्रेसका वरिष्ठ नेता पौडेल नेकपाका अध्यक्षद्वय दाहाल– नेपालकै बराबरीमा प्रतिनिधिसभा विघटनविरुद्ध पुनःस्थापनाको पक्षमा उभिन पुग्नुभयो । विघटनप्रति नरम वा कडा के हुने भन्ने विषयमा विवाद हुँदा सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच ङ्यारङुर्र नै चलेको समाचार आयो ।

संसद पुनःस्थापना भए स्वतः प्रधानमन्त्री शेरबहादुरजी देख्छु : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पाटीका संघीय परिषद् अध्यक्ष डा. बावुराम भट्टराईले प्रतिनिधि पुनःस्थापना भए नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन् । गोरखामा शुक्रबार पत्रकारसँगको कुराकानीमा भट्टराईले प्रतिनिधिसभा पुनःस्थापना भए शेरबहादुर देउवा प्रधानमन्त्री हुने दाबी गरे । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ओलीजस्तो भष्मासुरलाई हुर्काउन भूमिका खेलेकाले प्रधानमन्त्रीका लागि लायक नहुने उनको भनाइ छ । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भने,  ‘प्रचण्ड–माधवहरुको