काठमाडौं, (नेस) । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले विघटित प्रतिनिधिसभा पुनःस्थापना हुनु ऐतिहासिक कदम भएको बताउनुभएको छ । उहाँले सार्वभौमसत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था संसद्कोे सार्वभौम अधिकारलाई पुनःस्थापित गर्न आफ्नो तर्फबाट योगदान पु-याउने राजनीतिक दल, नागरिक समाज एवं जनसमुदायलाई धन्यवाद ज्ञापन गर्नुभयो । संसद् पुनःस्थापित भएपछि आइतबार बसेको संसद्को पहिलो बैठक शुरू गर्दै […]