कोभिड–१९ को संक्रमण घटेसँगै सप्तरीका स्थानीय तहहरुले विद्यालय खोल्ने तयारी थालेको छ भने केही स्थानीय तहले मंगलबारबाट सामुदायिक विद्यालयहरु खोल्ने निर्णय नै गरिसकेको छ ।
पछिल्लो पटक हनुमाननगर कंकालिनी नगरपालिकाले मंगलबारबाट सामुदायिक विद्यालय र धार्मिक विद्यालयहरु खोल्ने निर्णय गरेको हो ।
नगरपालिकाले सूचना जारी गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी विद्यालयहरु सञ्चालन हुने जनाएको छ ।