काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले आजदेखि भौतिकरूपमा नै विद्यालय खोल्ने सकिने निर्णय गरेअनुसार आजदेखि धेरै विद्यालय खुल्दैछन् ।
कोरोना महामारीको दोस्रो लहरका कारण गएको वैशाखदेखि बन्द भएका विद्यालय खुल्न थालेका हुन् । यसअघि सरकारले पालिकासँग समन्वय गरेर विद्यालय खुलाउन सकिने निर्णय गरे पछि काठमाण्डौ उपत्यकामा आंशिक रुपमा विद्यालय खुलेका थिए ।
काठमाण्डौमा भने गएको बुधवार महानगरपालिकाले आजदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विद्यालय खुलाउन सकिने निर्णय गरेको थियो । महानगरपालिकाले विद्यार्थी सङ्ख्या धेरै भ...