काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले समलिङ्गी र अन्तरजातीय दम्पतीहरूका लागि नयाँ संघीय सुरक्षासम्बन्धी कानूनमा हस्ताक्षर गरेका छन्। ह्वाइट हाउस त्यस अवसरमा हजारौं समर्थकलाई बोलाएर बाइडेनले ऐनमा हस्ताक्षर गरेका हुन्। अमेरिकाका संसदका दुबै सदनबाट समलिङ्गी विवाह संरक्षण गर्ने बिल बहुमतले पारित भएको थियो। नोभेम्बरको अन्तिमसाता अमेरिकी सिनेटबाट पारित भएको बिल गतसाता प्रतिनिधिसभाबाट पनि पारित भएको थियो। प्रतिनिधिसभामा बिलका पक्षमा २५८ भोट र विपक्षमा १६९ भोट खसेको थियो। ३९ रिपब्लिकनले डे