रौतहट । भारतको बिहारस्थित सीतामढीमा नेपाल र भारतको दुई पक्षीय सुरक्षा सम्बन्धी बैठक सम्पन्न भएको छ ।रौतहट जिल्लाका सुरक्षा अधिकारी र भारत सीतामढी जिल्लाका सुरक्षा अधिकारी सम्मिलित बैठक शनिबार सम्पन्न भएको हो ।द्विपक्षीय सुरक्षा सम्वद्ध बैठकमा विविध मुद्दाहरुको बारेमा आपसी समन्वय अभिवृद्धि गर्ने समझदारी भएको बताइन्छ ।सीमा पार गरी अपराधीहरु लुक्ने गरेकोमा त्यस्ता अपराधीलाई पक्राउ गर्न आपसी सहयोग आदानप्रदान, अवैध ओसार पसार नियन्त्रण तथा मदिरा नियन्त्रणबारे सहमति भएको रौतहटका प्रमुख जिल्ला अधिकारी ई