काठमाडौँ महानगर : सर्वदलीय बैठक सम्पन्न, मतगणना गर्ने तयारी

काठमाडौँ महानगरपालिकामा सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठक सम्पन्न भएसँगै मत गणनाको तयारी सुरु भएको निर्वाचन आयोगले जनाएको छ । बैठकमा मतगणना गर्न निर्वाचन अधिकृत र दलका प्रतिनिधि थप्ने सहमति भएको छ । महानगरको मतगणना वडा १ र ३२ बाट सुरु हुने भएको छ ।

सम्बन्धित सामग्री

काठमाडौँ महानगर मतगणना : सुरक्षाकर्मीको सङ्ख्या बढाइयो

काठमाडौँ महानगरपालिकाको मतगणना स्थलमा सुरक्षाकर्मीको सङ्ख्या बढाइएको छ । सर्वदलीय बैठक सम्पन्न भएसँगै सुरक्षाकर्मीको सङ्ख्या बढाइएको हो ।मतगणना गर्न सबै दल तयार भएसँगै निर्वाचन आयोगले मतगणनाको तयारी गरेको छ । महानगरको ३१ र ३२ वडाबाट मतगणना सुरु गर्ने आयोगले बताएको छ ।