सङ्घीय संसद्को संयुक्त बैठक सम्पन्न

काठमाडौँ- सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक सम्पन्न भएको छ । अपराह्न ४ बजेदेखि बसेको सो बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। बैठक सम्पन्न भएलगत्तै सांसदले यथास्थानमा उठेर राष्ट्रपति भण्डारीलाई बिदाइ गरेका थिए।

सम्बन्धित सामग्री

२१ तस्बिरमा हेर्नुहाेस् नीति तथा कार्यक्रमको रौनक

नेपाल सरकारको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेस हुँदैछ । नीति तथा कार्यक्रम पेस गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को संयुक्त बैठक बसिरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् भवन पुगेकी छन् । सङ्घीय संसद् सचिवालयले तयार पारेको कार्यसूचीअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेकी छन् । हेरौँ तस्बिरहरू :

कागजात फिर्ता पठाइएकोमा राष्ट्रियसभाका अध्यक्षको असहमति

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाका सभामुखको एकल निर्णयले संसदीय सुनुवाइ सम्बन्धी कागजात फिर्ता पठाइएकामा आपत्ति प्रकट गरेका छन्। सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले ‘संसदीय सुनुवाइसम्बन्धी प्राप्त सक्कलै कागजात फिर्ता पठाइएको सम्बन्धमा’ भएको पत्राचार, अधिकार क्षेत्र र त्यसमा प्रयुक्त ब्यहोराप्रति आफ्नो असहमति जनाए । पत्रमा उल्लिखित ‘सङ्घीय संसद् तथा सोअन्तर्गतका समितिको व्यवस्थापन, सञ्चालनसमेतको व्यवस्था गर्ने अधिकार प्रतिनिधिसभाका सभामुखमा निहित भएको’ भन्ने ब्यहोराले दुई सदनात्मक सङ्घीय व्यवस्थापिकासम्बन्धी संवैधानिक व्यवस्था, स्थापित अभ्यास, माथिल्लो सदन (राष्ट्रियसभा) को भूमिका र गरिमामा प्रहार भएको टिप्पणी गरे । नेपालको संविधान एवं सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावलीले सङ्घीय संसदीय सुनुवाइ समिति गठन र सञ्चालनसम्बन्धी व्यवस्था गरेको उल्लेख गर्दै उनले दुवै सदनको प्रतिनिधित्व रहने संसदीय सुनुवाइसहितका संयुक्त समिति सञ्चालनको अधिकार सङ्घीय संसद्को कुनै एक सदन वा पदाधिकारीमा निहित नरहेको जिकिर गरे । अधिकारप्राप्त निकायबाट आएका कुनै पनि कागजात सङ्घीय संसद्का दुवै सदनको सम्पत्ति भएको स्मरण गराउँदै अध्यक्ष तिमिल्सिनाले भने, “संसदीय सुनवाइसम्बन्धी पत्र फिर्तासम्बन्धी प्रक्रि