कर्णाली प्रदेश समन्वय परिषद्को पाँचौँ बैठक सम्पन्न

कर्णाली प्रदेश समन्वय परिषद्को पाँचौँ बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सरकारद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित परिषद्को पाँचौँ बैठकको प्रारम्भमा यसअघिका निर्णयको पुनरावलोकन गरिएको थियो । तत्तपश्चात् विकास आयोजनाको कार्यान्वयनमा प्रदेश सरकार र स्थानीय तहको भूमिका, आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमाका विषयमा छलफल भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता केशवप्रसाद उपाध्यायले जानकारी दिए ।   यसैगरी क...