सरकारले आर्थिक वर्ष २०७९/८० का लागि भक्तपुर जिल्लालाई कूल रु दुई अर्ब ४३ करोड २९ लाखको बजेट विनियोजन गरेको छ । सरकारले भक्तपुरका चार नगरपालिकामध्ये चाँगुनारायणलाई सबैभन्दा बढी र मध्यपुथिमि नगरपालिकालाई सबैभन्दा कम बजेट विनियोजन गरेको छ । सरकारले बजेट भाषणमार्फत यहाँका चार नगरमा विनियोजन गरेको बजेटमध्ये चाँगुनारायणले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत रु ६६ करोड ७२ लाख पाउने भएको हो । भक्तपुरको जिल्लाको आधाभन्दा बढी क्षेत्रफल ओगटेको चाँगुनारायणले समानीकरणतर्फ १८ करोड १४ लाख, ससर्त अन