नेपालगञ्ज – बर्दियाकी जयन्ती शाहीले बेपत्ता पारिएका श्रीमान् हुकुमबहादुर शाहीको कुशको शव बनाएर दाहसंस्कार गरेकी छन्। २०५८ चैत २४ गते राज्य पक्षबाट बेपत्ता पारिएका श्रीमान् हुकुमबहादुरको अहिलेसम्म अवस्था सार्वजनिक नभएपछि जयन्तीका परिवारले कुशको शब बनाएर हिन्दू संस्कारअनुसार अन्तिम संस्कार गरेका हुन्। ठाकुरबाबा नगरपालिका– ८, सुतैयाका हुकुमबहादुरलाई सशस्त्र द्वन्द्वकालमा तत्कालिन शाही नेपाली सेनाले गिरफ्तार गरेर लगेको […]