रुस युक्रेन युद्ध ६ सय ७० दिनभन्दा धेरै भईसक्दा यो युद्धमा कुनै साईनो नभएका नेपालीहरु मारिने संख्या १२ पुगिसकेको छ । युद्धमा मारिएकाहरुको शव नेपाल ल्याउन नसक्दा मृतकका परिवारहरु दोहोरो शोकमा परेका छन् । एकातिर मृत्युको शोक अर्कोतिर परिवारजनको अन्तिमपल्ट अनुहार हेर्न पाईएन भन्ने धोको । यस्तै दुःखमा छन, पोखराका धनराज राई ।