भारत भ्रमणमा रहेका जापानका प्रधानमन्त्री सिनजो अवे र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ । वार्तापछि जारी संयुक्त विज्ञप्तिका अनुसार विशेष रणनीतिक तथा विश्वव्यापी सहकार्यका विषयमा दुई प्रधानमन्त्रीले विस्तृत वार्ता गरेका छन् ।