मोरङका सत्ता गठबन्धन दलका नेताहरुले चुनावमा सहकार्य गर्ने कि नगर्ने भन्ने विषयमा अन्योल भएको बताएका छन् । उनीहरुले केन्द्रबाट गठबन्धनको विषयमा सहमतिसहित ठोस धारणा नआउँदा अप्ठ्यारो परेको गुनासो गरेका छन् । काँग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले स्थानीयस्तरमा हुने गठबन्धनका विषयमा छिटो टुंगो लाग्नुपर्नेमा जोड दिए । ‘गठबन्धन गर्ने हो कि होइन ? गर्ने हो भने त्यसको स्पष्ट आधार के हो ? स्थानीय तहमा मात्रै हो कि प्रदेश र संघमा पनि गठबन्धन गर्ने हो ? भन्ने विषयको टुंगो छिटो लाग्नुपर्