भक्तपुरको एक महिने माधवनारायण मेलाबारे अन्योल

भक्तपुरको हनुमानघाटस्थित त्रिवेणी घाटमा सुरु हुने भनिएको माधवनारायण ब्रत तथा मेला अन्योलमा छ । नेपाल संवतको आठौँ शताब्दीदेखि सुरु भएको उक्त मेलाबारे यस वर्ष कोरोनाका कारण अन्योल भएको हो । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने मेला सोमबारदेखि सुरु हुने भएपनि कोरोना भाइरसका कारण आजसम्म अन्योल नै छ । जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी सहभागी नहुन निर्देशन दिएको छ । ब्रतालुले आज जिल्ला प्रशासन कार्यालय र भक्तपुर नगरपालिकामा ब्रत तथा मेला निरन्तरताको माग गरेका छन्