न्यादी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट

मंसिर १९, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको एक घण्टा १२ मिनेटको अवधिमा न्यादी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  कारोबारमा आएका २१९ ओटा धितोपत्रमध्ये उक्त कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेय मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.४५४ दशमलव ४० पुगेको छ । कम्पनीको शेयरमूल्य विक्रेताभन्दा क्रेता धेरै भएकाले बढेको  हो । 

सम्बन्धित सामग्री

सामलिङ्ग पावर र न्यादी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट

मंसिर १५, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार सामलिङ्ग पावर र न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । ती दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा बुधवार ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.४६१ दशमलव ४० र न्यादी हाइड्रोपावरको शेयरमूल्य रू.३७५ दशमलव ६० पुगेको छ । ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।