कारोबारमा आएको पहिलो दिनमै सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । कारोबारमा आएको दिनमै सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार खुला भएको केही बेरमै कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य  १० प्रतिशतले बढेर ६ सय ११ रुपैयाँ ६ पैसामा कारोबार भइरहेको छ । यसको पहिलो कारोबार ५५६ रुपैयाँमा खुला भएको थियो । १० प्रतिशत मूल्य बढ्दा फनि बिक्रेता देखिएका छैनन् । त्रेतामात्र देखिएका छन् । यो समचार तयार पर्दा सम्म मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा २४ लाख २३ हजार ४८२ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य छ ।  बुक विल्डिङ विधिमार्फत आइपीओ निष्कासन गरेको यस कम्पनीको शेयर कारोबार मंगलबारदेखि सुरु भएको हो । मंगलबार प्रि–ओपनिङ सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता ५५६ रुपैयाँमा खुला भएको हो । सोही मूल्यलाई आधार मानेर यसको नियमित कारोबार सुरु भएको हो ।  नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १८५ रुपैयाँ ३६ पैसादेखि अधिकतम ५५६ रुपैयाँ ८ पैसासम्म तोकेको थियो । नेप्सेले तोकेको रेन्जको अधिकतम विन्दुबाटै यसको शेयर कारोबार सुरु भएको थियो । कम्पनीको कायम ४ करोड ६५ लाख कित्ता शेयर सोमबार नेप्सेमा सूचीकरण भएको थियो । नेप्सेमा ‘एसएआरबीटीएम’ संकेतमा कारोबार सुरु भएको छ ।  

सम्बन्धित सामग्री

करको विषयले प्यानिक भए लगानीकर्ता, ७ दिनमा लिएको उचाइ ३ दिनमै ढल्यो

काठमाडौं । आगामी आर्थिक वर्षको लागि बजेटमा गरिएका करका विषयमा दुविधा हुँदा लगानीकर्ताहरू प्यानिक भएको देखिन्छ । दुई कारोबार दिनमा नेप्से परिसूचक ४ दशलमव ८ प्रतिशत घटेको छ । सात कारोबार दिनमा १४० अंक बढेको बजार तीन दिनमै १०९ अंक घटेको छ ।  पूँजीगत लाभकरलाई नै अन्तिम कर मान्नुपर्ने लगानीकर्ताले बताएका छन् । बजेटमा लगानीकर्ताले हाल तिरिरहेको पूँजीगत लाभकर अन्तिम नभएको अर्थ लाग्ने भाषा प्रयोग गरिएको छ । बजेट शेयर बजारमैत्री नभएको भन्दै लगानीकर्ताहरू रुष्ट भएको देखिन्छ ।  लगानीकर्ताहरूले सरकारले तत्काल निणर्य नसच्याए आन्दोलनमा उत्रिनेसमेत चेतावनी दिएका छन् । आफूहरूले तिरेको पूँजीगत लाभकरलाई अन्तिम करको मान्यता नदिइए आन्दोलनमा उत्रिने लगानीकर्ता संगठनहरूले बुधवार विज्ञप्तिमार्फत जानकारी गराएका छन् । आज लगानीकर्ता संगठनहरूले नेपाल धितोपत्र बोर्डमा गएर विरोध जनाएका हुन् ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत यस्तो आम्दानीमा कर लगाउने घोषणा गरेका हुन् । सरकारले जेठ १५ को बजेटमार्फत बैंक, वित्तीय संस्था र बिमा कम्पनीहरूको मर्जर प्राप्ति र एफपीओ निष्कासनमार्फत भएको नाफामा एकै पटक कर तिर्नुपर्ने बताएपछि लगानीकर्ता झन् प्यानिक भएको देखिन्छ ।  साताको तेस्रो कारोबार दिन बुधवार नेप्से परिसूचक २ दशमलव शून्य ६ प्रतिशत अर्थात् ३८ दशमलव ८३ अंक घटेर १ हजार ८४९ दशमलव ७९ विन्दुमा झरेको छ । यस दिन २६२ धितोपत्रको ८७ लाख ३६ हजार १२८ कित्ता ३६ हजार ८९३ पटकमा रू. २ अर्ब ३१ करोड बराबर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ४० पुगेको हो । त्यस्तै दोस्रोमा माई खोला हाइड्रोपावरको शेयर मूल्य ६ दशमलव ४३ प्रतिशत बढेर रू. २९८  पुगेको छ ।  बुधवार युनिभिलर नेपालको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य १० प्रतिशत घटेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३० हजार ८४ दशमलव ३० मा झरेको छ । त्यस्तै एशियन हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ७५ प्रतिशत घटेर रू. ३२७ दशमलव ५० कायम भएको हो ।  यस दिन प्रभु बैंकको संस्थापक शेयर सर्वाधिक रू. ३४ करोड २८ लाख बराबर भएको छ । त्यस्तै दोस्रोमा शिवम् सिमेन्ट्सको रू. ११ करोड ६५ लाख बराबर कारोबार भएको हो ।  बुधवार १३ ओटै समूहगत परिसूचक घटेका छन् । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको परिसूचक ३ दशमलव ५३ प्रतिशत घटेको हो । यस समूहको कम्पनी युनिभिलर नेपालको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । त्यसैगरी सेन्सेटिभ इन्डेक्स २ दशमलव शून्य २, फ्लोट इन्डेक्स १ दशलमव ९७ र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ८५ प्रतिशत घटेका छन् ।

कारोबारमा आएको पहिलै दिनमै सुपर मादी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । कारोबारमा आएको पहिलो दिनमै सुपर मादी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. ३२८ दशमलव ९० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा पनि कम्पनीको शेयरमा ६४ हजार १६० कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य छ । कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा आइतवारदेखि आएको स्पेशल प्रि-ओपन सेसनमा प्रतिकित्ता रू. २९९ मा पहिलो कारोबार भएको थियो । कम्पनीको शेयर गत बिहीवार सूचीकृत भएको थियो ।  नेप्सेले पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रु. ९९ दशमलव ३० देखि अधिकतम रू. २९९ दशमलव ४० सम्मको मूल्य रेञ्ज तोकिदिएको थियो । सोही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर आइतवार कारोबारमा आएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको १० लाख ५० हजार कित्ता, सर्वसाधारण लगानीकर्ताको लागि निष्कासन गरेको २१ लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको १ करोड ७८ लाख ५० हजार कित्ता गरी कुल २ करोड १० लाख साधारण शेयर सूचीकृत गराएको थियो ।

एकदिने शेयरबजारको उछाल, नेप्से १३.४८ अंकले घट्यो

शेयर बजारमा आइतवार देखिएको हरियाली एक दिनमै घटेको छ ।  आइतवार १०५ अंकले बढेको नेप्से परिसूचक सोमवार भने १३.४८ अंकले घटेर २८७२.०५ बिन्दुमा आइपुगेको छ ।  बजार घटेको दिन सोमवार नेप्सेमा २२५ कम्पनीको एक करोड एक लाख पाँच हजार ६६९ कित्ता शेयरको ६९ हजार ७७० पटक कारोबार भएको छ । यसबाट पाँच अर्ब १५ करोड रूपैयाँको मात्रै कारोबार भएको छ ।  बजार घटे पनि फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था र विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेको छ । यी दुई कम्पनीको शेयर मूल्य १० प्रतिशत...

कारोबारको पहिलो दिनमै न्यादी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट

मंसिर १३, काठमाडौं । कारोबारको पहिलो दिनमै न्यादी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३१० दशमलव ५० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा २ लाख ३४ हजार ४६९ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.२८२ दशमलव ३ मा शुरु भएको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर मूल्य ८ दशमलव १५ प्रतिशत वृद्धि भएर प्रतिकित्ता रू. ३०५ दशमलव ३० पुगेको हो । कम्पनीको शेयर गत बिहीवार मंसिर ९ गते हुनुपर्नेमा म्याचिङ नभएर हुन सकेको थिएन ।  कम्पनीको १ करोड ५० लाख कित्ता आईपीओ सूचीकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू.९४ दशमलव १३ देखि २८२ दशमलव ३९ ओपन रेञ्ज तोकेको थियो ।  नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको २५ लाख ५० हजार कित्ता,उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको १५ लाख कित्ता र कम्पनीका संस्थापकहरुको लगानी गरेको १ करोड ९ लाख ५० हजार कित्ता गरेर कुल १ करोड ५० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । कम्पनीको सिम्बोल एनवाइएडीआई रहेको छ ।