मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेसँगै प्रतिकित्ता ३१५ रुपैयाँ पुगेको हो ।बुधबारदेखि कारोबारमा आएको कम्पनीको सेयर मूल्यमा आज प्रतिकित्ता २८ रुपैयाँको वृद्धि आएको छ । आज यस कम्पनीको ८६ हजार ४८१ कित्ता सेयर माग छ । तर, बिक्रीमा एक कित्ता पनि राखिएको छैन ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गत साताको मंगलबार कम्पनीको ५८ लाख ८० हजार ३६९ कित्ता सेयर सूचीकृत भएको थियो ।