काठमाण्डौ - काठमाण्डौ महानगरपालिका मेयर बालेन्द्र शाहले आफ्नो सय दिनको कार्यकालको समीक्षा गर्दै अनधिकृत संरचना हटाउने अभियानबाट पछि नहट्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले आफूहरु सय दिनको दौडमा नभइ पाँच वर्षका लागि तय गरिएका योजनामा केन्द्रित रहेर काम गरिरहेको पनि बताउनुभएको छ ।
आज सामाजिक सञ्जालमार्फत विवरण सार्वजनिक गर्दै मेयर शाहले आफूहरु अझै केही समय गाली र आलोचना सहन तयार रहेको उल्लेख गर्नुभएको छ । आफू र आफ्ना कामप्रति विश्वास र समर्थन गर्नेहरुलाई निराश नबनाउने पनि उहाँको प्रतिबद्धता छ ।
आफ्नो सय द...