काठमाडौं, १२ भदौ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरले चलाएको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियानमा आफ्नो समर्थन रहेको प्रतिक्रिया दिएकी छिन् । महानगरको उक्त अभियानमा उपमेयर डंगोल चुप बसेको प्रश्न उठ्न थालेपछि कानुन कार्यान्वय गर्ने सबै कार्यमा आफ्नो साथ, सहयोग र समर्थन रहेको स्पष्ट पारेकी हुन् । […]