काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना हटाउने अभियानमा आफ्नो समर्थन रहेको बताउनु भएको छ। आज सामाजिक सञ्जामार्फत डङ्गोलले काठमाण्डाै महानगरको अभियानमा आफ्नो साथ, सहयोग र समर्थन रहेको बताउनु भएको हो ।
उहाँले काठमाण्डौ महानगरलाई स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने आफ्नो एजेण्डाप्रति सजग र सचेत रहेको पनि स्मरण गराउनु भएको छ ।
उहाँले लेख्नुभएकाे छ ‘सार्वजनिक वा सरकारी जग्गा...