काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको अनधिकृत संरचना हटाउने अभियान अन्तर्गत आज न्युरोडको सुरज आर्केडमा निर्माण गरिएका अनधिकृत संरचना हटाउने भएको छ । महानगरपालिकाको टोली जाने खबर पाएपछि पसल बन्द गरेर त्यहाँबाट केही व्यापारीहरु निस्किएका छन् भने केहीले सामान प्याक गर्न थालेका छन् ।
आर्केडले पार्किङ गर्ने भनिएका ठाउँमा अन्य सामान राखेको छ । ती सामग्री हटाउने र पार्किङका लागि खाली गर्ने तयारीमा रहेको महानगरपालिकाले जनाएको छ । सुरज आर्केडको बेसमेन्ट खाली गर्न पुगेको टोलीले त्यहाँ रहेका अरु तीन वटा भवनहर...