काठमाडौं : महानगर क्षेत्रभित्रका अनधिकृत संरचना हटाउने अभियानमा जुटेको महानगरको आज न्युरोड क्षेत्र पुगेको छ। महानगरको सुरक्षा टोलीले आज न्युरोडको सुरज अर्केडका अनधिकृत संरचना भत्काउन र खाली गराइरहेको छ।त्यहाँका अनधिकृत संरचना हटाउन आवश्यक दुईवटा डोजरसमेत महानगरले तयारी अवस्थामा राखेको बताइएको छ। अहिले भने महानगरको सुरक्षा टोलीले खाली गर्न भनेको छ।पछिल्लो साता काठमाडौं महानगरले अनधिकृत संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ।केही तस्वीर झलक :