काठमाडौं । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्डले इकाई कारोबारमा लाग्ने निक्षेप सदस्य शुल्क (डीपी फी) घटाएको छ ।
योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले उक्त खुलामुखी योजनाका इकाई कारोबारमा लाग्ने डीपी शुल्क घटाएको हो ।
भोलि चैत १ गतेदेखि लागू हुने गरी यो योजनाका इकाईहरू प्रतिकारोबार डीपी शुल्क ५ रुपैयाँ कायम गरिएको छ । यसअघि प्रत्येक कारोबारमा २५ रुपैयाँ थियो । योजनाको कोष प्रवर्द्धकमा नेपाल इन्भेस्टमेण्ट मेगा बैंक रहेको छ ।
विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्