काठमाडौं । एनआईबिएल सहभागिता फण्डको लाभांश पुनः लगानी गर्न सकिने भएको छ । योजना व्यवस्थापक एनआइएमबि एस क्यापिटल लिमिटेडले सूचना जारी गर्दै लाभांश पुनः लगानी गर्न सकिने जानकारी दिएको हो ।
खुलामुखी प्रकृतिको यस योजनामा सहभागी इकाईधनीहरूले कर तथा निर्धारित डिपि शुल्क कट्टा गरी बाँकी रहेको रकमबाट यस योजनाको थप इकाईहरू खरीद गर्न सकिने योजना व्यवस्थापकको भनाइ छ ।
साविक एनआईबिएल एस क्यापिटल लिमिटेडले यो योजना सञ्चालनका लागि इकाई जारी गरेको थियो । यस योजनाले आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट करसमेत ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
यो लाभांश प्रयोजनका लागि साउन ११ गते बुक क्लोज गरिएको हुँदा साउन १० गतेसम्म कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोला