एनआईबिएल सहभागिता फण्डको आकार ५० करोड बढ्यो

जेठ २०, काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको एनआईबिएल सहभागिता फण्डको आकार वृद्धि भएको छ ।  योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलका अनुसार यस योजनाको आकार रू. ५० करोड बढेको हो । यस अघि रू. ५० करोड बराबरको ५ करोड इकाई रहेकोमा सो आकार वृद्धि भई रू. १ अर्ब बराबरको १० करोड इकाई कायम भएको हो ।  खुलामुखी प्रकृतिको यस योजनाको आकार वृद्धिका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको हो ।  जेठ १७ गतेदेखि लागू हुने गरी बोर्डले योजना व्यवस्थापकलाई आकार वृद्धिको लागि स्वीकृति प्रदान गरेको हो ।  खुलामुखी प्रकृतिका योजनाको इकाई धितोपत्र दोस्रो बजारमा सूचीकृत नहुने हुँदा योजना व्यवस्थापकको सम्पूर्ण कार्यालयहरु, तोकिएको वितरकको कार्यालयहरु र अनलाइनमार्फत कारोबार गर्न सकिने व्यवस्था छ ।

सम्बन्धित सामग्री

लक्ष्मी क्यापिटलको खुलामुखी म्युचुअल फण्डको इकाईमा आवेदन दिने म्याद थपियो

लक्ष्मी क्यापिटलले बिक्रि खुला गरेको खुलामुखी म्युचुअल फण्ड योजनाको इकाईमा आवेदन दिने म्याद थप भएको छ । क्यापिटलले साउन १९ गतेदेखि खुलामुखी म्युचुअल फण्ड योजनाको इकाई बिक्रि खुला गरेको हो। क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालन हुने ५० करोड आकारको शुभ लक्ष्मी कोष नामक खुलामुखी योजनाको ईकाई निष्काशन गरेको हो ।यस निष्काशनमा छिटोमा साउन २३ गतेसम्म आवेदन दिन सकिने ब्यबस्था रहेकोमा उक्त समयसम्म पर्याप्त आवेदन नपरेपछि अब ढिलोको मिति अर्थात् भदौ २ गतेसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।  यद्यपि सो समय अगावै पर्याप्त आवेदन परेमा सार्वजनिक सूचना जारी गरि बिक्रि बन्द गरिने क्यापिटलले उल्लेख गरेको छ । क्यापिटलले योजनाको प्रति इकाई मूल्य रु.१०/- दरको पाँच करोड इकाई निष्काशन गरेको हो।  जस मध्ये  ७५ लाख वा कुल बिक्री भएको इकाई सङ्ख्याको न्यूनतम १५ प्रतिशत) विज पूँजी बापत इकाई कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित राखिएको छ । बाँकि ४ करोड २५ लाख  इकाई मध्ये प्रथम चरणमा सर्वसाधारणमा १ करोड ७५ लाख इकाई सार्वजनिक रुपमा बिक्री गर्न लागिएको क्यापिटलले जनाएको छ। यस निष्काशनमा न्युनतम १०० इकाई र अधिकतम ५० लाख इकाईको लागि आवेदन दिन सक्ने छन् ।यो खुलामुखी योजना भएकोले यसको कुनै निश्चित अवधि हुदैन । साथै यो नेप्सेमा सुचिकृत पनि हुदैन । तर योजना ब्यबस्थापकलाई आफुले चाहेको जुनसुकै बेलामा इकाई बिक्रि गर्न सकिने छ । बन्दमुखी योजनाको इकाई बिक्रि गर्दा खरिदकर्ता आवश्यक पर्छ र खरिदकर्ता नहुँदा इकाई बिक्रि नहुन पनि सक्छ । तर खुलामुखीको हकमा भने योजना ब्यबस्थापकले नै इकाई खरिद गर्ने हुँदा बिक्रि गर्न नपाइने समस्या हुदैन ।हालसम्म नेपालमा ३ वटा मात्र खुलामुखी म्युचुअल फण्ड योजना संचालनमा  छन् । यो बजारमा आउने पाँचौ खुलामुखी म्युचुअल फण्ड योजना हुने छ । हाल सिद्धार्थ क्यापिटल, एनआईबिएल एस क्यापिटल, एनआईसी एसिया क्यापिटल र एनएमबि क्यापिटलले  खुलामुखी म्युचुअल फण्ड योजना संचालन गरिरहेका छन्  ।

एनआईबिएल सहभागित फण्ड र एनआईबिएल समृद्धि फण्ड-२ को शेयरमा लगानी बढ्यो

भदौ १४, काठमाडौं । एनआईबिएल म्युुचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्ड र एनआईबिएल समृद्धि फण्ड-२ ले साउन मसान्तको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।  उक्त वित्तीय विवरण अनुसार दुवै योजनाको सूचीकृत शेयरमा लगानी असार मसान्तको तुलनामा साउन मसान्तमा वृद्धि भएको छ ।     एनआईबिएल सहभागिता फण्डको असार मसान्तसम्म सूचीकृत शेयरमा रू. १९ करोड ६७ लाख लगानी रहेकोमा साउन मसान्तमा वृद्धि भएर रू. २१ करोड ६१ लाख ३० हजार पुगेको हो ।  त्यसैगरी, यस योजनाको एनएभी भने असार मसान्तको तुलनामा साउन मसान्तमा घटेको छ । असार मसान्तमा योजनाको एनएभी रू. १७ दशमलव ४५ रहेकोमा साउन मसान्तमा घटेर रू. १३ दशमलव शून्य १ मा सीमित भएको हो ।  योजनाले गत आवको मुनाफाबा इकाईधनीहरुलाई ५० प्रतिशत नगद लाभांश कर सहित वितरण गरेको हो । उक्त नगद लाभांश पछि योजनाको इकाई मूल्य समायोजन भएकाले असार मसान्तको तुलनामा साउन मसान्तमा इकाई मूल्य घटेको हो ।  एनआईबिएल समृद्धि फण्ड-२ ले साउन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७२ करोड ५९ लाख २७ हजार लगानी गरेको छ । यो लगानी असार मसान्तको तुलनामा ४३ प्रतिशतले वृद्धि भएको हो । योजनाले असार मसान्त सम्ममा सूचीकृत शेयरमा रू. ५० करोड ५७ लाख लगानी गरेको थियो ।  यस योजनाको एनएभी पनि असार मसान्तको तुलनामा साउन मसान्तमा बढेको छ । यस योजनाको एनएभी असार मसान्तमा रू. १० रहेकोमा साउन मसान्तमा बढेर रू. १० दशमलव ३९ पुगेको हो । यस योजनाले साउन मसान्तसम्ममा रू. ५ करोड ९३ लाख ८६ हजार नाफा कमाएको छ ।