५ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विधि र प्रणाली सुधारको कामलाई प्राथमिकतामा राखिएको बताएकी छिन् । सोमबार पत्रकारहरुसँग भेट गर्दै उपप्रमुख डंगोलले पहिलो वर्षको प्राथमिकता विधि र प्रणाली सुधारलाई दिइएको बताएकी हुन् । उनले काठमाडौंको मौलिकता बचाएर, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक पहिचानसँगै आधुनिक भौतिक विकासको सन्तुलनका लागि विधि र पद्धति आवश्यक रहेको […]