काठमाडौं : कुनै पनि प्रणाली वा विषयविरूद्ध परिस्थितिमा मान्छेको वास्तविक परीक्षा हुन्छ। २०७२ को शुरूमा सुटिङ युनिट बोकेर आफ्नो दोस्रो फिल्म ‘दोख’को लागि भोजपुरको दुर्गम गाउँमा पुग्दा अनुप बराललाई आउँदो परीक्षाको बारेमा थाहा थिएन।वैशाख १२ गते उनको परीक्षा शुरू भयो। जुन ७ वर्षसम्म जारी रह्यो, साढे सातको दशाजस्तो। २५/३० सिन सुटिङ भइसकेपछि आएको विनाशकारी भूकम्पले सबैलाई नराम्रोसँग हल्लायो।फिल्मलाई भूकम्पले मात्र होइन मधेश आन्दोलन, नाकाबन्दी र कोरोनाले पालैपालो हल्लायो। फिल्म तयार भइ