डोटीका एक गाउँपालिकामा एमाले र कांग्रेसले टुंग्याए उम्मेदवार

२४ चैत, डोटी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि डोटीमा नेपाली कांग्रेस र नेकपा एमालेले एक/एक गाउँपालिकामा अध्यक्षका उम्मेदवार टुंग्याएको छ । बिहीबार नेकपा एमाले जोरायल गाउँ कमिटीको बैठकले अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सर्वसम्मत चयन गरेको हो । गाउँपालिका अध्यक्षमा दुर्गादत्त ओझा र उपाध्यक्षमा जमुना बोहरालाई उम्मेदवार चयन गरेको एमाले जोरायल […]

सम्बन्धित सामग्री

रोल्पाको रुन्टिगढी गाउँपालिकामा कांग्रेस विजयी

रोल्पा (अस) । रोल्पाको रुन्टिगढी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले जितेको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका जनक पुन ४ हजार ३ सय ९१ मतका साथ विजयी भएका हुन् । नेकपा माओवादी केन्द्रका गोविन्द पुनले ३ हजार ७ सय ८ मत पाउँदा नेकपा एमालेका यामबहादुर दशौंदीले ३ हजार ५ सय ८७ मत पाएका छन् । उपाध्यक्षमा पनि कांग्रेसकै सरिता केसीले ४ हजार ४ सय ३७ मतसहित जितेकी हुन् । एमालेकी हस्तमाली बाँठाले ३ हजार ७ सय ८ र माओवादीकी कौशिला जिसीले ३ हजार ६ सय २८ मत पाइन् । यसअघि नेकपा एमालेले जितेको यो गाउँपालिकामा ९ वडा छन् । यसैगरी अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले जितेको रोल्पाकै लुङ्ग्री गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका भरतकुमार थापा ४ हजार ९ सय ६४ मतका साथ विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जनक खड्काले ४ हजार २ सय ४९ मत पाए । गाउँपालिकाको उपाध्यक्षमा पनि माओवादी केन्द्रकै दिलकुमारी गुरुङले जितेकी छन् । गुरुङले ४ हजार ७ सय ४० मत पाउँदा कांग्रेसकी मुन्नीदेवी रोका क्षेत्रीले ४ हजार २ सय ६६ मत पाइन् । यस्तै जिल्लाको सुनछहरी गाउँपालिकामा समेत माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा माओवादीका धनबहादुर पुनमगर ३ हजार ४ सय ३९ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार पुस्तमन घर्तीमगरले १ हजार ५ सय २३ मत पाए । भाजबहादुर घर्तीमगरले १ सय ८१ मतसहित तेस्रो भएका हुन् । यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकी ननकला घर्तीमगर विजयी भएकी छिन् । उनले ३ हजार ४ सय ९२ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कोमबहादुर बुढाले १ हजार ६ सय ११ मत पाए । तेस्रो भएको रतीमाला घर्तीले १ सय ७३ मत ल्याइन् । यहाँ कांग्रेस–एमाले र विप्लव समूहबीच गठबन्धन भएको थियो ।

दैलेखको ठाँटीकाँधमा भत्कियो एमाले किल्ला, अध्यक्षमा कांग्रेस विजयी

३ जेठ, काठमाडौं । नेकपा एमालेको गढ मानिएको दैलेखको ठाँटीकाँध गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रक्षबहादुर शाह निर्वाचित भएका छन् । यो गाउँपालिकामा ०७४ को निर्वाचनमा कांग्रेसले जम्मा एउटा वडा जितेको थियो । यसपटक भने बहुमतसहित पालिका अध्यक्ष जितेको छ । कांग्रेसका रक्षबहादुर शाहले २५७१ मत ल्याएर विजयी भएका हुन् । उनले एमालेकी लक्ष्मीदेवी शाहलाई २९२ […]

स्याङ्जाका दुई पालिकामा कांग्रेस, दुईमा एमाले विजयी

स्याङ्जाको दुई पालिकामा नेपाली कांग्रेस र दुई पालिकामा नेकपा (एमाले) विजयी भएको छ । एघार पालिका रहेको स्याङ्जाका भिरकोट र गल्याङ नगरपालिकामा कांग्रेस र कालीगण्डकी र हरिनास गाउँपालिकामा एमाले विजयी भएको हो ।स्याङ्जाको भिरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नौ वडा रहेको भिरकोटमा कांग्रेसले वडा नं ६ को वडाध्यक्ष एकजनाबाहेक अरू सबै प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, सदस्यहरूमा विजयी भएको छ ।प्रमुखमा कांग्रेसका गोविन्दकुमार कर्माचार्यले एमालेका विश्वनाथ अर्याललाई ८३५ मतान्

अछामको बान्नीगढीको अध्यक्षमा कांग्रेस विजयी, उपाध्यक्षमा एमाले

अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा टेकबहादुर साउद तीन हजार एक सय १२ मतका साथ विजयी भएका हुन् । उनका प्रतिद्वन्दी एमालेका उम्मेदवार लोकबहादुर साउदले...

डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेस विजयी

डोटी – डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नौ वटा पालिका रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयी सुरुवात गरेको हो । उक्त पालिकामा शुक्रबार रातिदेखि सुरु गरिएको मत गणना कार्य आज आइतबार बिहान सम्पन्न भएको निर्वाचान अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत वसन्तबहादुर बोहराका अनुसार कांग्रेसबाट गाउँपालिका अध्यक्षका लागि उम्मेदवार बन्नु भएका भैरवबहादुर साउदले दुई हजार तीन सय ४३ मत प्राप्त गरी विजयी हुनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले...

मिक्लाजुङ र ग्रामथानमा कांग्रेस, उर्लाबारी र कानेपोखरीमा एमाले अगाडि

३१ वैशाख, विराटनगर । मोरङको कानेपोखरी  गाउँपालिका र उर्लाबारी नगरपालिकामा एमालेले अग्रता लिएको छ । ग्रामथान र मिक्लाजुङ गाउँपालिकामा भने नेपाली कांग्रेसले अग्रता लिएको छ । प्रारम्भिक मतपरिणाम अनुसार ग्रामथानको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारुले ८७ र एमालेका शिवनारायण माझी थारुले ५४ मत ल्याएका छन् । उपाध्यक्षमा कांग्रेसकी भुखनीकुमारी थारुले ६८ र एमालेकी गुणवतीदेवी थारुले […]

रुकुम पश्चिममा ६ मध्ये चार पालिकामा कांग्रेस–एमाले गठबन्धन

सुर्खेत : स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन दल बीच मात्र समीकरण गर्ने केन्द्रको निर्णय लत्याउँदै रुकुम पश्चिममा कांग्रेस र एमालबीच समीकरण भएको छ।यसअघि माओवादी केन्द्रको प्रभाव रहेका रुकुम पश्चिमका स्थानीय तहमा लालकिल्ला भत्काउने भन्दै दुई दलको तालमेल भएको हो।सत्ता गठबन्धनका दलहरूको बीचमा रहेको बेमेलका कारण कांग्रेसले एमालेसँग सहकार्य गर्ने निर्णय गरेको हो। मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धन निर्माण भई  उम्

रोल्पाको सुनछहरी गाउँपालिकामा विप्लवका उम्मेदवारलाई कांग्रेस र एमालेको साथ

१२ वैशाख रोल्पा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रोल्पाको सुनछहरी गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपा माओवादीबीच चुनावी गठबन्धन भएको छ । चुनावी तालमेल गरेका एमाले र कांग्रेसले विप्लव नेतृत्वका नेकपाका स्वतन्त्र उमेदवारलाई अध्यक्षमा अघि सार्ने सहमति गरेका हुन् । सहमति अनुसार विप्लव नेतृत्वको नेकपाबाट सो पार्टीका केन्द्रीय […]