रोल्पाको रुन्टिगढी गाउँपालिकामा कांग्रेस विजयी

रोल्पा (अस) । रोल्पाको रुन्टिगढी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले जितेको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका जनक पुन ४ हजार ३ सय ९१ मतका साथ विजयी भएका हुन् । नेकपा माओवादी केन्द्रका गोविन्द पुनले ३ हजार ७ सय ८ मत पाउँदा नेकपा एमालेका यामबहादुर दशौंदीले ३ हजार ५ सय ८७ मत पाएका छन् । उपाध्यक्षमा पनि कांग्रेसकै सरिता केसीले ४ हजार ४ सय ३७ मतसहित जितेकी हुन् । एमालेकी हस्तमाली बाँठाले ३ हजार ७ सय ८ र माओवादीकी कौशिला जिसीले ३ हजार ६ सय २८ मत पाइन् । यसअघि नेकपा एमालेले जितेको यो गाउँपालिकामा ९ वडा छन् । यसैगरी अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले जितेको रोल्पाकै लुङ्ग्री गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका भरतकुमार थापा ४ हजार ९ सय ६४ मतका साथ विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जनक खड्काले ४ हजार २ सय ४९ मत पाए । गाउँपालिकाको उपाध्यक्षमा पनि माओवादी केन्द्रकै दिलकुमारी गुरुङले जितेकी छन् । गुरुङले ४ हजार ७ सय ४० मत पाउँदा कांग्रेसकी मुन्नीदेवी रोका क्षेत्रीले ४ हजार २ सय ६६ मत पाइन् । यस्तै जिल्लाको सुनछहरी गाउँपालिकामा समेत माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा माओवादीका धनबहादुर पुनमगर ३ हजार ४ सय ३९ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार पुस्तमन घर्तीमगरले १ हजार ५ सय २३ मत पाए । भाजबहादुर घर्तीमगरले १ सय ८१ मतसहित तेस्रो भएका हुन् । यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकी ननकला घर्तीमगर विजयी भएकी छिन् । उनले ३ हजार ४ सय ९२ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कोमबहादुर बुढाले १ हजार ६ सय ११ मत पाए । तेस्रो भएको रतीमाला घर्तीले १ सय ७३ मत ल्याइन् । यहाँ कांग्रेस–एमाले र विप्लव समूहबीच गठबन्धन भएको थियो ।

सम्बन्धित सामग्री

झापा गाउँपालिकामा कांग्रेस विजयी

झापाको झापा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिका अध्यक्ष उपाध्यक्षमा कांग्रेस विजयी भएको हो। गाउँपालिकाको अध्यक्षमा जयनारायण साह विजयी भए। उनी यसअघि पनि गाउँपालिकाको अध्यक्ष थिए। साहले ६ हजार ९९८...

त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेस विजयी

सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका भक्तध्वज बोहरा र उपाध्यक्षमा गीताकुमारी नेपाल विजयी हुनुभएको हो । बोहराले ४२२९ मत र नेपाल ४१५६ मतसहित विजयी हुनुभएको हो । अध्यक्षमा एमालेका अध्यक्ष मेघनाथ पौडेलले ३२६७ मत ल्याउनु भएको थियो भने उपाध्यक्षमा सबिता श्रेष्ठले ३८८९ मत ल्याउनुभएको थियो । माओवादीका अध्यक्ष बिर्खबहादुर […]

रोल्पाको लुंग्रीमा माओवादी र रुन्टीगढी गाउँपालिकामा कांग्रेस विजयी

रोल्पाको लुंग्री गाउँपालिकामा माओवादी र रुन्टीगढी गाउँपालिकामा कांग्रेस विजयी भएका छन् । लुंग्री गाउँपालिकामा यसअघिको कांग्रेस सत्ता उल्टाउँदै माओवादी केन्द्र विजयी भएको हो । विजयी माओवादीका भरतकुमार थापाले चार हजार...

राजपुर गाउँपालिकामा कांग्रेस विजयी

दाङ : जिल्लाका १० स्थानीय तहमध्ये २ वटाको नतिजा आएको छ। यसअघि बंगलाचुली गाउँपालिकाको नतिजा आएको थियो।राजपुर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको प्रदेश निर्वाचन  कार्यालयले जनाएको छ। अध्यक्षमा शरद बुढाथोकी ८१३ मतान्तरले माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार चक्रबहादुर खड्कालाई पछि पार्दै विजयी भएका हुन्। बुढाथोकीले ३ हजार ९८० मत प्राप्त गरेका थिए।माओवादीका खड्काले ३ हजार १६७ र नेकपा एमालेका अध्यक्षका उम्मेदवार कुलराज गिरीले २ हजार ९२२ मत प्राप्त गरेका थिए। उपाध्यक्ष पदमा कांग्र

सल्यानको त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेस विजयी

सल्यान – सल्यानको त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका खिमबहादुर रावत ३३६९ मतका साथ विजयी हुनुभएकाे छ ।  उहाँका प्रतिस्पर्धी एकीकृत समाजवादीका डिल्लीबहादुर केसीले २०१७ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा पनि कांग्रेसकै सीता खड्का ३१८६ मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी माओवादीका राजेन्द्रकुमार थापाले २०३५ मत ल्याउनुभयो ।

दैलेखको भैरवी गाउँपालिकामा कांग्रेस विजयी

दैलेख - दैलेखको भैरवी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा रीता शाही १६ मतले विजयी हुनुभएको हो । रीता शाहीले ३ हजार ९७६ मत ल्याउनुभयो भने उहाँका प्रतिस्पर्धी एमालेका सर्वराज महताराले ३ हजार ९६० मत ल्याउनुभएको छ । उपाध्यक्षमा कांग्रेसकै देवि भण्डारी ३ हजार ३७४ मत ल्याएर विजयी हुनुभएकाे छ। एमालेकी  पदमकुमार विष्टले ३ हजार २२७ मत पाउनुभएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कांग्रेस विजयी

काठमाण्डाै - कास्कीको माछापुच्छ्रे गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका मिनबहादुर गुरुङ र उपाध्यक्षमा सीता अधिकारी विजयी हुनुभएको हो । अध्यक्षमा मिनबहादुरले ७ हजार ९९ मत र एमालेका विक्रम गुरुङले ६ हजार ६१७ मत पाउनुभयो । उपाध्यक्षमा कांग्रेसकी सीता अधिकारीले ६ हजार ३७६ मतसहित विजयी हुनुभयो । एमालेकी सीता तिवारीले ५ हजार ९५१ मत पाउनुभएको छ ।

तेह्रथुमको फेदाप गाउँपालिकामा कांग्रेस विजयी

काठमाण्डाै - तेह्रथुमको फेदाप गाउँपालिकामा कांग्रेस विजयी भएको छ । अध्यक्षमा नेपाली कांग्रेसका केशवप्रसाद भेटवाल ४ हजार ४१ मत ल्याएर निर्वाचित हुनुभएको हो । एमालेका हरिप्रसाद चोइवाङ लिम्बुले ३ हजार ८७९ मत पाउनुभएको छ । उपाध्यक्षमा कांग्रेसकै सुनिता पहीम ३ हजार ९८५  मत ल्याएर निर्वाचित हुनुभएको छ। एमालेकी गीतादेवी थापाले ३७२५ मत पाउनुभएको छ ।

सोलुखुम्बुको सोताङ गाउँपालिकामा कांग्रेस विजयी

साेलुखुम्बु - सोलुखुम्बुको सोताङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको हो । अध्यक्षमा कांग्रेसका खिलराज बस्नेत १६४८ मतका साथ निर्वाचित हुनुभयो । एमालेका प्रकाश कार्कीले १५२० र माओवादी केन्द्रका दीपक खड्काले १३५३ मत पाउनुभएको छ । उपाध्यक्षमा कांग्रेसकी अञ्जु नाछिरिङ राई १६६९ मत ल्याउर विजयी हुनुभयो। एमालेकी मनसरि राईले १६३४ र माओवादी केन्द्रकी सरस्वती राईले ११८५ मत पाउनुभएको छ ।

डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेस विजयी

डोटी – डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नौ वटा पालिका रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयी सुरुवात गरेको हो । उक्त पालिकामा शुक्रबार रातिदेखि सुरु गरिएको मत गणना कार्य आज आइतबार बिहान सम्पन्न भएको निर्वाचान अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत वसन्तबहादुर बोहराका अनुसार कांग्रेसबाट गाउँपालिका अध्यक्षका लागि उम्मेदवार बन्नु भएका भैरवबहादुर साउदले दुई हजार तीन सय ४३ मत प्राप्त गरी विजयी हुनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले...