सुर्खेत : स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन दल बीच मात्र समीकरण गर्ने केन्द्रको निर्णय लत्याउँदै रुकुम पश्चिममा कांग्रेस र एमालबीच समीकरण भएको छ।यसअघि माओवादी केन्द्रको प्रभाव रहेका रुकुम पश्चिमका स्थानीय तहमा लालकिल्ला भत्काउने भन्दै दुई दलको तालमेल भएको हो।सत्ता गठबन्धनका दलहरूको बीचमा रहेको बेमेलका कारण कांग्रेसले एमालेसँग सहकार्य गर्ने निर्णय गरेको हो। मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धन निर्माण भई उम्