नेपाल–चीन सीमा अध्ययन समितिले ३, ४ र ११ नम्बर सीमा स्तम्भ हेलिकप्टरबाट अध्ययन गर्दै

सरकारले गठन गरेको सीमा अध्ययन समितिको टोलीले हुम्लामा पर्ने ३, ४ र ११ नम्बरको सीमा स्तम्भ हेलिकप्टरबाट अध्ययन गर्ने भएको छ। नाम्खा गाउँपालिका–६ लिमि लाप्चा १२ नम्बरको सीमा स्तम्भ अध्ययन...

सम्बन्धित सामग्री

सशस्त्र प्रहरीद्वारा कञ्चनपुरमा सीमा स्तम्भ रङ्गरोगन

सशस्त्र प्रहरी बलले कञ्चनपुरमा नेपाल–भारत सीमा स्तम्भ रङ्गरोगन गरेको छ । सरकारले पहिलोपटक सीमा स्तम्भ मर्मत एवं रङ्गरोगनको जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिएको छ । सोही जिम्मेवारी अनुसार सशस्त्रले दिएपछि सन् २०१४ पछि बनेका सीमा स्तम्भमध्ये बिजोडी स्तम्भ सशस्त्र प्रहरीले रङ्गरोगन गरेको हो । यहाँस्थित सशस्त्र प्रहरी बल ३५ नं गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी …

पश्चिम नवलपरासीमा सीमा स्तम्भ मर्मत सम्भार

नवलपरासी : पश्चिम नवलपरासीका सीमा स्तम्भको मर्मत सम्भार गरिएको छ। मर्मतसँगै सीमा स्तम्भ रङरोगन गरिएको छ। नेपाल र भारतका सीमा सुरक्षा निकायले स्तम्भ मर्मत र रङरोगन गरेका हुन्। पश्चिम नवलपरासीको भारतसँग जोडिएका १६ स्तम्भ रङरोगन थालिएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गणका प्रमुख प्रहरी उपरीक्षक धीरेन्द्रराज न्यौपानेले बताए।‘जोर नम्बरका स्तम्भ भारत र बिजोर नम्बरका स्तम्भ नेपालले मर्मत गर्ने सहमति भएको छ’, उनले भने। नेपाल–भारत दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको लामो समयदेख

पश्चिममा पनि सीमा स्तम्भ मर्मत थालियो

कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट सशस्त्र प्रहरी बलले सोमबारदेखि नेपाल–भारत सीमा स्तम्भ मर्मत तथा रङ्गरोगन कार्य सुरु गरेको छ।सशस्त्र प्रहरी बल नं ३५ गण शैलेश्वरी कञ्चनपुरमा पर्ने सीमा स्तम्भ मर्मतको डोकेबजारस्थित मुख्य सीमा स्तम्भ नं ७५३ बाट  सुरु गरिएको हो।पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयानाथ शर्मा, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, सशस्त्र प्रहरी बल नं ७ बैजनाथ वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले संयुक

भारतीय एसएसबीले सीमा स्तम्भ सार्दै दशगजा दाबी गर्न थालेपछि...

सीमा क्षेत्रका बासिन्दाले वर्षाैंयता उपभोग गरिरहेको र आफैंले तिरो तिरेको जमिन भोगचलन गर्न पाएका छैनन्। दशगजाका नाममा दशगजाबाहिर २०–५० मिटरसम्मको जमिनसमेत एसएसबीले सीमा स्तम्भ सार्दै दशगजा दाबी गर्न थालेपछि स्थानीयलाई समस्या भएको हो।...

भारतीय पक्षले गरे रुखलाई सीमा स्तम्भ दाबी

कञ्चनपुर, १२ पुस: कञ्चनपुरको पुनर्वास नगरपालिका–४ स्थित नेपाल–भारत सीमामा सीमा स्तम्भ नं २ सय नहुँदा भारतीय पक्षले यो गुल्लरको रुखलाई उक्त सीमा स्तम्भ दाबी । तर, नेपाली पक्षले उक्त रुखभन्दा तीन सय मिटर परसम्म नेपाली भू–भाग पर्ने दाबी गरिरहेका छन् ।-तस्वीरः शेरबहादुर सिंह-रासस

मुगुको सरकारी टोली चीनसँगको सीमा स्तम्भ निरीक्षणमा

मुगु- मुगुबाट चीनसँगको सीमा स्तम्भ निरीक्षणका लागि टोली खटिएको छ । मुगु–तिब्बत सीमा स्तम्भ निरीक्षणका लागि मुगुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाको नेतृत्वको १६ सदस्यीय टोली गत बुधबारबाट निरीक्षणमा रहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाको नेतृत्वमा सशस्त्र प्रहरी निरीक्षक जगत रावलसहितको टोली गत बुधबारदेखि मुगु–तिब्बत सीमा स्तम्भमा रहेको १३ नम्बर पिलर […]

बाढीले ढालेको सीमा स्तम्भ अलपत्र

भदौ २ गते आएको बाढीले भजनी–५ काला पातालमा बगाएको सीमा स्तम्भ अलपत्र परेको छ । बाढीले ढालेको सीमा स्तम्भ मर्मतका लागि दुवै देशको संयुक्त सर्भे टोलीले नापजाँच गरेरमात्र पुनर्स्थापना गर्नुपर्ने भएकाले पूर्ववत् अवस्थामा स्तम्भ कहिले राखिने हो भन्ने टुङ्गो लाग्न सकेको छैन ।अविरल वर्षापछि मोहोना नदीमा आएको बाढीले सीमा स्तम्भ नम्बर ‘७०९/५’ बगाएको हो । कैलाली, कञ्चनपुर लगायतका क्षेत्रमा यसैगरी सीमा स्तम्भ हराउने र केही वर्षपछि ती क्षेत्रमा सीमा विवाद सिर्जना हुने गरेका कारण लामो

एक सय १२ नम्बरको सीमा स्तम्भ बाढीले बगायो

भद्रपुर (ने.स)  ।  नेपाल–भारतको संयुक्त सीमा फिल्ड सर्वे टोलीको लापरवाहीका कारण सोमबार अपराह्न सीमा क्षेत्रमा राखिएको एउटा मुख्य सीमा स्तम्भ बगाएको छ । केही दिनको अविरल वर्षाले नेपाल–भारतको सीमा भएर बग्ने मेची नदीमा पानीको बहाव बढेसँगै झापा कचनकवल गाउँपालिका–५ स्थित पाठामारीमा राखिएको ११२ नम्बर सीमा स्तम्भ बगाएको हो । मेचीमा पानीको बहाव बढेपछि नदी आसपासका […]

नेपाल-चीनको सीमा स्तम्भ नम्बर ३ मा पहिलो पटक नेपाली सुरक्षा गस्ती

हुम्लाको नाम्खा गाउँपालिका–५ को चिमला भञ्ज्याङमा रहेको नेपाल र चीनको सीमा स्तम्भ नम्बर ३ मा पहिलो पटक नेपाली सुरक्षा गस्ती पुगेको छ । सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारी नेतृत्वको टोली उक्त सीमा स्तम्भमा पुग्न सफल भएको हो । स्थापना भएदेखि जिल्लाबाट हालसम्म सरकारी स्तरमा उक्त सीमा स्तम्भको अनुगमन भएको थिएन । डीएसपी भण्डारीको नेतृत्वमा ११ जना सशस्त्र प्रहरीका सुरक्षाकर्मी सीमा स्तम्भ अनुगमन गरी फर्किएको छ । नेपाल र चीनबीचको ३ नम्बर सीमा स्तम्भ सुरक्षित रूपमा रहेको उनले बताए । गाडी...

झापामा हराएको सीमा स्तम्भ भेटियो

झापा / खोलाले बगाउँदा हराएको नेपाल–भारत सीमा छुट्याउने सीमा स्तम्भ फेला परेको छ। झापा जिल्लाको कचनकवल गाउँपालिका ४ पूर्व लोडावारी र भारततर्फ किसनकंज जिल्ला ताप्फुवा पंचायत सुरुभिट्टाको बीचमा रहेको सीमा स्तम्भ खोलाले बगाएको थियो। सशस्त्र प्रहरीको टोलीले शुक्रबार सो स्तम्भ फेला पारेको हो। सीमा स्तम्भ नम्बर ११९–८ फेला परेको हो। सशस्त्र प्रहरी बल, नेपाल बोर्डर... The post झापामा हराएको सीमा स्तम्भ भेटियो appeared first on Purbeli News.