काठमाडौं : काठमाडाैं उपत्यकामा बिहीबारदेखि १५ दिन सम्मका लागि निषेधाज्ञा छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुरले अत्यावश्यक बाहेकका सबै सेवा संचालनमा रोक लगाएको छ। जसकारण अहिले उपत्यकाका मुख्य सडक क्षेत्रका औषधी बाहेकका पसलहरु बन्द छन्।अत्यावश्यक काम बाहेकका सर्वसाधारणलाई हिँड्न दिइएको छैन्। हिँडेकालाई सडकमै होल्डिङ सेन्टर बनाएर राेकिएको छ। ठाउँ-ठाउँमा प्रहरी तैनाथ छन्। तर, भित्री ठाउँहरुमा भने सबै प्रकारका पसलहरु सञ्चालन भैरहेका छन्। सर्वसाधारण ओहोरदोहोर गरिरहेकै देखिन