उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने सरकारी गाडीसहित १ हजार २३८ सवारी कारवाहीमा

१८ वैशाख, काठमाडौं । बिदाको दिनमा निस्किएका सरकारी गाडीसहित निषेधाज्ञा उल्लंघन गर्ने एक हजार २३८ वटा सवारी साधनलाई प्रहरीले कारवाही गरेको छ । निषेधाज्ञामा कडाइ गर्ने नीति अनुसार शनिबार सडकमा निस्किएका सरकारी गाडीलाई होल्ड गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । प्रजिअ पराजुलीका अनुसार निषेधाज्ञाको समयमा समेत सडकमा सवारी साधनको चाप बढेपछि चेकचाँजमा […]

सम्बन्धित सामग्री

उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने एक हजार ४१ वटा सवारीसाधन कारबाहीमा

काठमाडौँ उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने एक हजार ४१ वटा सावारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । निषेधाज्ञा उलंघन गरी चलाइएका एक हजार ४१ वटा सावारी साधनलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ७८९ वटा दुई पाङग्रे, १७९ वटा चारपाङ्ग्रे, १३ वटा ट्याक्सी र ६० वटा ठुला सवारी साधन रहेको ट्राफिक प्रहरी कार्यलय रामशाहपथले जनाएको छ । निषेधाज्ञा जारी भएका जिल्लाहरुमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सवारी साधनमात्र सञ्चालन हुन पाउने भए पनि नियम उल्लंघन गर्नेको संख्या दैनिक जसो उस्तै रहेको ट्राफिक प्रहरीको भनाइ छ ।

आज १५ सय २३ गाडीले होल्ड, भोलिदेखि थप कडा

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने १५ सय २३ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । ट्राफिक प्रहरी प्रवक्ता श्याम कृष्ण अधिकारीका अनुसार आज पानी परेकाले धेरै गाडी चलेका छैनन् । उल्लंघन गर्नेमा ५ सय ४८ वटा गाडी र ९ सय ७५ वटा मोटरसाइकल रहेका छन् ।