कोरोना रोकथामका लागि सरकारले उपत्यकामा बिहीबारदेखि लागु गरेको लकडाउन फितलो बन्दै गएको छ। प्रहरीले चेकचाँजमा कडाइ नगर्दा र प्रशासनले सबैखाले कार्यालयका परिचयपत्रका आधारमा ओहोरदोहोर गर्न अनुमति दिएपछि सडकमा भीडभाड बढेको हो।
निषेधाज्ञा जारी भएपछि ‘पिक आवर’मा उपत्यकाका मुख्य सडकका चोकमा सवारी जामसमेत हुने गरेको छ। सार्वजनिक सवारीसाधन र पैदलयात्रुलाई कडाइ गरे पनि निजी सवारीसाधन र कार्यालयमा काम गर्ने सबैखाले कर्मचारी ओहोरदोहोर गरेका छन्। गत सोमबार उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीको बैठकले अत्यावश्यक ...