कार्लोस टेभेजले गत जुन ४ मा व्यावसायिक फुटबलबाट सन्यासको घोषणा गरेका थिए । तर त्यसको १७ दिनपछि नै उनी पुनः फुटबलमा फर्किने भएका छन् । उनलाई रोसारियो सेन्ट्रलले आगामी एक वर्षका लागि प्रशिक्षक नियुक्त गरेको हो । ‘मैले मेरो नम्बर वान फ्यान, मेरो बुवालाई गुमाएपछि खेल्न छाडेको थिएँ । एक दिन उठ्ने बित्तिकै मलाई ‘अब म खेल्दिनँ’ भन्ने लाग्यो । मैले तत्काल मेरो एजेन्टलाई फोन गरेर सो कुरा सुनाए,’ सन्यास लिँदै उनले सो कुरा बताएका थिए । यता टेभेजलाई प्रशिक्षक नियुक्त गरेको