एन्सेलोट्टी बने रियलको नयाँ प्रशिक्षक

१९ जेठ, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडले कार्लो एन्सेलोट्टीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । रियलले मंगलबार इटालियन प्रशिक्षक एन्सेलोट्टीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । एन्सेलोट्टीले अब जिनेदिन जिदानको स्थान लिनेछन् । जिदानले सम्झौता बाँकि छँदै प्रशिक्षकबाट राजीनामा दिएका थिए । रियलले स्टेटमेन्ट जारी गर्दै एन्सेलोट्टी आगामी तीन वर्ष सिनियर टिमको प्रशिक्षक […]

सम्बन्धित सामग्री

फुटबल समय सीमाभन्दा बढी: प्रशिक्षक एन्सेलोट्टी – देशसञ्चार

रियल मड्रिडका प्रशिक्षक कार्लाे एन्सेलोट्टीले फुटबल समय ‘सीमाभन्दा बढी’ भइरहेको बताएका छन्। उनले फुटबल समय खेलाडीका लागि निकै चुनौतीपूर्ण रहेको बताएका

च्याम्पियन्स लिग फाइनल: 'फाइनलको मज्जा लिने हो'

कार्लो एन्सेलोट्टी जत्तिको अनुभवी र शान्त प्रशिक्षक बिरलै पाइएला । रियल म्याड्रिडले उनलाई सफलताकै लागि भनेर फिर्ता बोलाएको थियो । र, सफलता पनि मिलेको छ रियललाई । यसकै एउटा कडी हुनेछ रियलले शनिबार खेल्ने युरोपेली च्याम्पियन्स लिगको फाइनल । अहिलेसम्म कोही पनि प्रशिक्षकले पाँचपल्ट च्याम्पियन्स लिगको फाइनल खेलेको कीर्तिमान छैन । जुन अब यी ६२ वर्षीय प्रशिक्षकमा नाममा बन्ने छ ।

रियालका प्रशिक्षक एन्सेलोट्टीलाई कोरोना संक्रमण

काठमाडौं । रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीलाई कोभिड–१९ संक्रमण भएको छ । रियाल मड्रिडले बुधबार आधिकारिक वेव साइटमा एन्सेलोट्टी कोभिड–१९ संक्रमित भएको जनाएको छ ।  रियालले त्यसबाहेक प्रशिक्षक एन्सेलोट्टीको बारेमा केही खुलाएको छैन । रियाल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा छ । रियालले दोस्रो स्थानको सेभियालाई ९ अंकले पछाडि पारेको छ...

लिभरपुलका पूर्व प्रशिक्षक बेनिटेज एभर्टनमा

एजेन्सी। इङ्लिस प्रिमियर लिगको क्लब एभर्टनले लिभरपुलका पूर्व प्रशिक्षक राफेल बेनिटेजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। स्पेनका ६१ वर्षे बेनिटेजले एभर्टनसँग तीन वर्षको सम्झौता गरेका छन्। रियाल मड्रिडका प्रशिक्षण सम्हालिसकेका बेनिटेजले प्रिमियर लिगमा पछिल्लो पटक न्युक्यासल युनाइटेड सम्हालेका थिए। त्यसपछि उनी चीनको डालियन प्रोफेसनल एफसी गएका थिए। कार्लो एन्सेलोट्टी रियाल मड्रिड गएपछि एभर्टनमा प्रशिक्षकको पद खाली भएको थियो।

एन्सेलोट्टी रियलका प्रशिक्षक

लन्डन, (एजेन्सी) स्पेनिस क्लब रियल मेड्रिडले कार्लो एन्सेलोट्टीलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेका छन् ।मंगलबार राति इटालीका एन्सेलोट्टीलाई आधिकारिकरूपमा रियलले नयाँ प्रशिक्षकमा नियुक्त गरेको हो । रियल मेड्रिडले प्रस्ताव राखेपछि उनी तत्कालै इङ्ग्लिस क्लब एभर्टनसँगको सम्झौता भंग गरेर पूर्वक्लब फर्किन तयार भएका हुन् । इटालियन कोच एन्सेलोट्टीले विगतमा पनि रियललाई प्रशिक्षण गरिसकेका छन् । उनी २०१३ […]

कार्लो एन्सेलोट्टी रियलको नयाँ प्रशिक्षक

काठमाडौं। कार्लो एन्सेलोट्टी स्पेनिस क्लब रियल मड्रिडको नयाँ प्रशिक्षक नियुक्त भएका छन्। उनी एभर्टनसँगकाे सम्झाैता नसकिँदै रियल जान लागेका हुन्। जिनेदिन जिदानले राजीनामा दिएपछि रियलको प्रशिक्षक पद खाली भएको थियो। एन्सेलोट्टी सन् २०२४ सम्म रियलमा रहनेछन् । यसअघि उनी २०१३ देखि २०१५ सम्म रियलको प्रशिक्षक थिए। एन्सेलोट्टीले रियल मड्रिड र एसी मिलानबाट गरी ३ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्।