राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले जनतालाई सूचना प्राप्त गर्न अझै मुस्किल अवस्था भएको बताएका छन्। सोमबार रोल्पाको लिवाङमा आयोजित सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्थानीय सरकारले अझै चनाखो भएर सूचना प्रदान गर्न अघि सर्नु पर्ने बताए।