काठमाडौँ – राष्ट्रिय सूचना आयोगले सूचना मागकर्तालाई तीस दिनभित्र सूचना उपलब्ध गराउन अर्थ मन्त्रालयलाई आदेश दिने निर्णय गरेको छ । प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको संयोजकत्वमा सूचना आयुक्तहरू कमला ओली थापा र रत्नप्रसाद मैनालीसमेतको इजलासले आदेश जारी गर्ने निर्णय गरेको हो । पत्रकार रविराज बरालले गत वर्ष भदौ १७ गते अर्थ मन्त्रालयका सूचना अधिकारीलाई सम्बोधन […]