राष्ट्रिय सभा बैठकमा आर्थिक वर्ष २०७७÷७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल सुुरु भएको छ । छलफलमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सांसद नारायणकाजी श्रेष्ठले कोभिड–१९ का कारण मुलुकको अर्थतन्त्र र नागरिकको जनजीवन अस्त–व्यस्त भएको अवस्थामा स्थानीय क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रम (सांसद विकास कोष)को निरन्तरताप्रति आपत्ति प्रकट गर्नुभयो ।