काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक सम्पन्न भएको छ । जारी निषेधाज्ञाको अवधि एकसाता देखि १० दिनसम्म थप्ने निष्कर्षमा पुगेको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
पर्सी राती मंगलबारबाट बाट सकिन लागेको बेला प्रजिअहरुको बैठकले उक्त छलफल गरेको हो । निषेधज्ञा थप्ने विषयमा निष्कर्षमा पुगे पनि यस बारे भोली निर्णय सार्वजनिक गर्ने जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो ।
यसै गरि बैठकले किराना पसल, डिपार्टमेन्टल स्टोर र स्टेनरी किताव पसल विहान ९ बजे सम्म खोल्न दिने विषयमा छलफल भएको उहाँले बताउनुभयो । तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्न दिइएको छ ।