काठमाडौं। काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ। आज उपत्यकाका तीनैजना सिडिओहरुको बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा थप्ने निर्णय गरिएको भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईले देखापढीलाई बताए। किराना पसल र खाद्यान्नका डिपार्टमेन्ट स्टोर खोल्न बिहान ९ बजेसम्म खोल्न दिने निर्णय भएको छ। पाठयपुस्तकका पसलहरु पनि बिहान ९ बजेसम्म खोल्न पाउनेछन् भने विकास निर्माणका काम पनि खुला गरिएको सिडिओ भट्टराईले बताए।