डोटीमा फेरि थपियो निषेधाज्ञा

काठमाडौं। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि डोटीमा फेरि निषेधाज्ञा थप गरिएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले असार ३१ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि लम्ब्याएको हो। निषेधाज्ञा पहिलेभन्दा केही खुकुलो बनाइएको जनाइएको छ। सो अवधिमा फलफूल तथा खाद्यसामग्रीको पसल, किराना, निर्माण सामग्रीका पसल बिहान ७ बजेदेखि ११बजेसम्म खोल्न पाइनेछ भने सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ।

सम्बन्धित सामग्री

डोटीमा एक महिना थपियो निषेधाज्ञा

१ भदौ, डोटी । डोटी जिल्लामा निषेधाज्ञा एक महिना थपिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को सोमबार बसेको बैठकले डोटीमा भदौ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको समयमा यातायातका सम्पूर्ण सवारी साधन जिल्लाभित्र चलाउन पाइने भएको छ । पार्टी प्यालेस, जिमखाना र स्वीमिङ पुल बाहेकका अन्य सबै प्रकृतिका पसलहरु […]

डोटीमा पुनः एक साता थपियो निषेधाज्ञा

साउन १८, डोटी । जिल्लामा कोरोना भाइरस कोभिड–१९ को जोखिम कायमै रहेकाले निषेधाज्ञाको समयावधि सात दिन बढाइएको छ ।  यहाँका नागरिक कामका लागि प्राय छिमेकी मुलुक भारतका विभिन्न शहर जाने र  फर्किने क्रममा संक्रमण फैलने गरेकाले जोखिम कायमै रहेको स्वास्थ्यकर्मीको सुझावअनुसार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आइतवार बसकेको बैठकले गत वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि यहि साउन २४ गते सम्मका लागि बढाउने निर्णय गरेको हो । अत्यावश्यक कामबाहेक निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई कानूनबमोजिम कारवाही गरिने निमत्तप्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए । जिल्लामा निषेधाज्ञाको समयमावधि थप गरिएको यो नवौँ पटक हो ।  केन्द्रले आन्तरिक सार्वजनिक सवारी साधन सञ्चालन गर्न, बिहान ६ बजेदेखि राती ८ बजेसम्म पसल खोल्न र बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने निर्णय गरेको छ ।  विकास निर्माणका काम र त्यसमा प्रयोग हुने यातायातका साधन मापदण्डअनुसार सञ्चालन गर्न पाउने भएका छन् । निषेधाज्ञाको अवधिमा होटेल, रेष्टुरेन्ट, सैलुन, व्युटीपार्लर, जीम हल सञ्चालन गर्न र भिडभाड हुने कुनै पनि किसिमका कार्यक्रम पनि गर्न नपाइने जारी  सूचनामा उल्लेख छ ।  जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या एक हजार ४०० भन्दा बढी पुगेको र यसबाट हालसम्म ११ जनाले ज्यान गुमाइ सकेका छन् । रासस

डोटीमा थपियो निषेधाज्ञा

कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि वैशाखदेखि शुरू गरिएको निषेधाज्ञाको अवधि यही असार ३१ गतेसम्म थपिएको छ ।  जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले निषेधाज्ञाको अवधि थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए ।  ‘कोभिड–१९ को संक्रमण घटेको भए पनि नियन्त्रण हुन नसकेकाले निषेधाज्ञा पहिलेभन्दा केही खुकुलो गरी असार ३१ गतेसम्म थपिएको छ,’ उनले भने।  थपिएको निषेधाज्ञाको अवधिमा फलफूल तथा खाद्य सामग्रीका पसल, किराना, निर्माण सामग्रीका पसल...

डोटीमा असार मसान्तसम्म थपियो निषेधाज्ञा

डोटी ।  डोटीमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको सङ्ख्या केही मात्रामा घटे सँगै स्थानीय प्रशासनले निषेधाज्ञाको समयावधि  खुकुलो पार्दै लम्ब्याएको छ। जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन समितिको बैठकको निर्णयबाट जिल्लामा सातौँ पटक खुकुलो पार्दै निषेधाज्ञा थपिएको हो।

डोटीमा केही खुकुलो पार्दै पाँचौँ पटक निषेधाज्ञा थपियो

डोटी ।  डोटीमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको सङ्ख्या केही मात्रामा घटे सँगै स्थानीय प्रशासनले निषेधाज्ञाको समयावधि केही खुकुलो पार्दै लम्ब्याएको छ। जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन समितिको बैठकको निर्णयबाट जिल्लामा पाँचौँ  पटक खुकुलो पार्दै निषेधाज्ञा थपिएको हो।

डोटीमा केही खुकुलो पार्दै असार १० गतेसम्म थपियो निषेधाज्ञा

डोटी । बिगतको भन्दा केही खुकुलो गरी डोटी जिल्लामा असार १० गतेसम्म निषेधाज्ञा थपिएकाे छ । प्रमुख जिल्ला अधिकारी सुनिल खनालले आदेश जारी गर्दै असार १० गते राती १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिएको जानकारी दिएका हुन् । पछिल्ला दिनहरुमा जिल्लामा संक्रमणको दरमा कमी देखिए पनि जोखिम कायमै रहेकोले निषेधाज्ञा लम्ब्याइएको आदेशमा उल्लेख गरिएकाे छ । […]

डोटीमा केही खुकुलो पार्दै थपियो निषेधाज्ञा

३१ जेठ, डोटी । बिगतको भन्दा केही खुकुलो गरी डोटी जिल्लामा असार १० गतेसम्म लकडाउन थप भएको छ । प्रमुख जिल्ला अधिकारी सुनिल खनालले आदेश जारी गर्दै असार १० गते राती १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको …

डोटीमा चौथो पटक थपियो निषेधाज्ञा

डोटी । डोटीमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको सङ्ख्या बढेसँगै स्थानीय प्रशासनले निषेधाज्ञाको समयावधि लम्ब्याएको छ। जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन समितिको बैठकको निर्णयबाट जिल्लामा चौथो पटक निषेधाज्ञा थपिएको हो।

तेस्रो पटक थपियो डोटीमा निषेधाज्ञा, अझ कडाइ गरिने

डोटी । डोटीमा कोरोना भाइरस (कोभिड-१९)  संक्रमितको सङ्ख्या बढेसँगै स्थानीय प्रशासनले निषेधाज्ञाको समयावधि लम्ब्याएको छ। जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन समितिको बैठकको निर्णयबाट जिल्लामा तेस्रो पटक निषेधाज्ञा थपिएको हो।

डोटीमा जेठ १५ सम्म थपियो निषेधाज्ञा

डोटी । डोटीमा वैशाख ३१ गते मध्यरातदेखि जेठ १५ गतेसम्म निषेधाज्ञा थपिएको छ । प्रमुख जिल्ला अधिकारी सुनिल  खनालले भने, ‘वैशाख ३१ गते राति १२ बजेदेखि थप गरिएको लकडाउन अवधिमा अति आवश्यक बाहेक  घरबाट बाहिर निस्कन दिइने छैन ।’