साना किसान विकास लघुवित्तको लाभांश स्वीकृत

नेपाल राष्ट्र बैंकले साना किसान विकास लघुवित्तको लाभांश र वित्तीय विवरण स्वीकृत गरेको छ । साधारणसभाले पारित गरेपछि वितरण गर्ने गरि राष्ट्र बैंकले लाभांश स्वीकृत गरेको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २५ प्रतिशतले हुन् आउने ३१ करोड २८ लाख ८२ हजार ७ सय ४५ रुपैयाँ २५ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि १.३१५ प्रतिशत गरि कुल २६.३१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेसंगै कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुलेको छ । 

सम्बन्धित सामग्री

साना किसान विकास लघुवित्तको २ लाख ११ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापकतर्फको २ लाख ११ हजार ४७६ किक्ता शेयर विक्रीमा ल्याएको छ । कम्पनीले चैत २१ देखि वैशाख २५ गतेसम्म आवेदन दिन सक्ने गरी यी शेयर विक्रीमा ल्याएको हो । यो शेयरको मूल्य प्रतिकित्ता ३३० रुपैयाँ तोकिएको छ । कुमारी बैंकको स्वामित्वमा रहेको यी शेयर खरीद गर्नका लागि साना किसान सहकारी संस्था तथा अन्य विद्यमान संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम ४ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यी शेयर बाँडफाँडमा प्राप्त गर्ने शेयरधनीले चैत २१ गतेपछि कम्पनीले घोषणा गर्ने लाभांश तथा हकप्रद शेयरसमेत प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ । यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ ।

साना किसान विकास लघुवित्तको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले प्रतिकित्ता ३३० रुपैयाँ अंकित मूल्यमा साना किसान सहकारी संस्थाहरू तथा अन्य विद्यमान संस्थापक शेयरधनीले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । चैत १९ गतेदेखि विक्रीमा आएको यी शेयर खरीदका लागि इच्छुक खरीदकर्ताले वैशाख २३ गतेसम्म आवेदन दिनुपर्नेछ । आवेदन दिँदा न्यूनतम १ हजार कित्तादेखि अधिकतम ४ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यी शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीले चैत १९ गतेपछि कम्पनीले घोषणा गर्ने लाभांश तथा हकप्रद शेयरसमेत प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ । आवेदन फारम विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल र साना किसान विकास लघुवित्तको झापा, सुनसरी, महोत्तरी, मकवानपुर, धादिङ, कास्की, रुपन्देही, बाँके, सुर्खेत, काठमाडौं, सिराहा र कैलालीमा प्राप्त गर्न र बुझाउन सकिनेछ ।

साना किसान विकास लघुवित्तको २६ प्रतिशत लाभांश पारित

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई दिने लाभांश पारित गरेको छ । संस्थाको २० औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो ।साधारणसभाले सेयरधनीलाई आर्थिक वर्ष २०७७-०७८ को आम्दानीबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । सभामा वित्तीय संस्थाका अध्यक्षले सञ्चालक समितिका तर्फबाट […]

नेप्सेमा साना किसान विकास लघुवित्त र एचआईडिसीएलको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) र साना किसान विकास लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । यी दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि आज पुस ५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।  पुस ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा यी कम्पनीको सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन्  ।  एचआईडिसीएलको ८ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता २४८.३३ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता २६८.२० रुपैयाँ थियो । त्यस्तै साना किसान लघुवित्तको २५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ११७६ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १४७० रुपैयाँ थियो । एचआईडिसीएलले पुस २२ गते बिहिबार कम्पनीको कार्यालय हात्तिसारमा सभा गर्ने निर्णय गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक बर्ष २०७७-०७८ को मुनाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशतले हुन आउने १ अर्ब ४९ करोड ६० लाख बराबरको बोनस सेयर र ०.४२१ प्रतिशतले हुन आउने ७ करोड ८७ लाख ३६ हजार ८ सय ४२ रुपैयाँ नगद लाभांश गरि कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको  आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात मात्रै उक्त लाभांश सेयरधनीहरुमा वितरण हुनेछ। कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  पुस ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन्  ।  कम्पनीको सभामा लाभांश वितरण गर्ने, वित्तीय विवरण पारित गर्ने, नाफा नोक्सान विवरण पारित गर्ने, संचालक समितिको प्रतिवेदन पारित गर्ने, प्रबन्धकपत्र र नियमावलीमा आवश्यक समशोधन गर्ने लगायतका प्रस्ताव पेश हुने छ ।त्यस्तै साना किसान विकास लघुवित्तले पुस १८ गते काठमान्डौ जावलाखेलमा रहेको  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सभा आह्वान गरेको छ । भामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक बर्ष २०७७-०७८ को नाफाबाट   हाल कायम चुक्ता पुंजीको २५ प्रतिशतले हुन् आउने ३१ करोड २८ लाख ८२ हजार ७ सय ४५ रुपैयाँ २५ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि १.३१५ प्रतिशत गरि कुल २६.३१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ५ गतेदेखि पुस १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव हरु :  (क) सामान्य प्रस्ताव ः(१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आ.व.२०७७÷०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।(२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७७÷०७८ को वासलात, सोही अवधिको नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचीहरु लगायत वार्षिक आर्थिक विवरणहरु समेत छलफल गरी पारित गर्ने ।(३) कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व.२०७८÷७९ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।(४) यस वित्तीय संस्थाको आ.व. २०७७÷७८ को मुनाफाबाट चुक्ता पुँजी रु. १,२५,१५,३०,९८२÷०८ को १.३१५७८९४७४ प्रतिशतले हुने नगद लाभांश रु. १,६४,६७,५१२÷९२ बोनस शेयरको कर प्रयोजनको लागि वितरण गर्न समितिको प्रस्ताव पारित गर्ने ।(ख) विशेष प्रस्ताव ः(१) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चालु आ.व. २०७७÷७८ को कारोबारबाट भएको मुनाफा मध्येबाट शेयरधनीहरुलाई चुक्ता पुँजी रु. १,२५,१५,३०,९८२÷०८ को २५ प्रतिशतले हुने रु. ३१,२८,८२,७४५÷५२ बराबरको बोनस शेयर वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।(२) यस वित्तीय संस्थाको प्रबन्धपत्रमा व्यवस्था भएको जारी र चुक्ता पुँजी क्रमशः रु. १,२५,१५,३०,९८२÷०८ र रु. १,२५,१५,३०,९८२÷०८ मा माथि विशेष प्रस्ताव नं (१) अनुसार वृद्धि गरी जारी र चुक्ता पुँजी क्रमशः रु. १,५६,४४,१३,७२७÷६० र रु. १,५६,४४,१३,७२७÷६० कायम गर्ने र सोही बमोजिम मिलान गर्न प्रबन्धपत्रको दफा ५ मा संशोधन गर्ने ।(३) नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति लिई यस वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय (केन्द्रीय कार्यालय) मिति २०७८÷०४÷२२ गतेका दिन का.जि.का.म.न.पा. वडा नं. ३२, सुविधानगर, तीनकुने काठमाडौँबाट का.जि.का.म.न.पा. वडा नं. ११, बबरमहल, काठमाडाँै स्थित नेपाल औषधि लिमिटेड बबरमहलको परिसरमा रहेको भवनमा स्थानान्तरण गरिएकोले यस वित्तीय संस्थाको प्रबन्धपत्रको दफा २ को उपदफा (१) र नियमावलीको नियम २ उपनियम (१) मा सोही बमोजिम हुने गरी ठेगाना संशोधन गर्ने ।(४) नियमावलीको नियम २९ (सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी व्यवस्था) को उपनियम (१) खण्ड (ख) र उपनियम (१) खण्ड (ग) को भाग (अ) संशोधन गर्ने ।

साना किसान लघुवित्तद्वारा २६.३१% लाभांश घोषणा

मंसिर ९, काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।  उक्त प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् । कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।    यो पनि हेर्नुस् : तेस्रो त्रैमाससम्म साना किसान लघुवित्तको नाफा साढे ४६ करोड