मंसिर ९, काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीले २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् । कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो पनि हेर्नुस् :
तेस्रो त्रैमाससम्म साना किसान लघुवित्तको नाफा साढे ४६ करोड