काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले २१औं वार्षिक साधारण सभा चैत १० गते गर्ने भएको छ । सभा कृषि विकास बैंकको केन्द्रिय कार्यालय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
सभाले १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले यस साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने प्रस्तावलाई पारित पनि पारित गर्नेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र चालू आवको लेखापरिक्षण गर्नका लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २८ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा फागुन २५ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीको फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।