काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २२औं वर्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभा कृषि विकास बैंकको केन्द्रीय कार्यालय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा उक्त दिन बिहान ११ बजे शुरु गर्ने कम्पनीले जानकराी दिएको हो ।
सभाले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ भने चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
त्यस्तै सभाले यस लघुवित्त वित्तीय संस्थासँग उपयुक्त लघुवित्त वित्तीय संस्था गाभ्न/गाभिन वा मर्जर गर्न उपयुक्त देखिएमा त्यससम्बन्धी सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै संस्थापक शेयरधनीको समूहबाट ४ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना गरी ६ जना सञ्चालकहरूको निर्वाचन पनि हुनेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।